Logo
४ फाल्गुन २०८१, आईतबार
(August 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनद्वारा नयाँ ‘अप्टिकल सेटलाइट’ प्रक्षेपण

छिमेकी देश चीनले आइतबार टाढाबाट स्पर्श गर्नसक्ने नयाँ ‘रिमोट सेन्सिङ अप्टिकल सेटलाइट’ सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

उत्तर पश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार आइतबार बिहान १० बजेर २७ मिनेटमा प्रक्षेपण गरिएको हो ।

उक्त बुहुउपयोगी उपग्रहसँगै टिन्टुओ-५ नामको अर्को उपग्रह पनि प्रक्षेपण गरिएको चिनियाँ अधिकारीले बताएका छन् ।

गाओफेन-९ ०५ नामक उक्त उपग्रह ‘लङमार्च टुडी रकेट’ को माध्यमबाट प्रक्षेपण गरिएको हो । आइतवारको उक्त प्रक्षेपण लङमार्च रकेट श्रृङ्खलाको ३४३ औँ प्रक्षेपण भएको बताइएको छ ।

प्रकाशित मिति: Aug 23, 2020

प्रतिक्रिया दिनुहोस्