Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारद्वारा प्रतिबन्धित विप्लव माओवादी समूहका नेताहरु जसपामा प्रवेश

सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका तत्कालीन सैन्य कमाण्डर जीवन लामा (जमी) को समूह जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित बरिष्ठ नेताहरु अशोक राई, बाबुराम भट्टराई, राजेन्द्र महतो लगायतका नेताहरु ले उनलाई सयुंक्त रुपमा प्रवेश गराएको हो ।

लामासँगै प्रल्हाद फुयाँल, गोपाल जिम्बासहितका ८८ जना नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन् । शान्तिपूर्ण राजनीतिमा आएका नेताहरुलाई पार्टी प्रवेश गराइएको जसपाका अध्यक्षद्वय ठाकुर र यादवद्वारा जारी विज्ञप्ति उल्लेख छ ।

प्रकाशित मिति: Aug 23, 2020

प्रतिक्रिया दिनुहोस्