Logo
१२ श्रावण २०८१, शनिबार
(August 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अंगुरमा के-के पोषक तत्व पाइन्छ?यस्ता छन् फाइदाहरु थाहापाउनुहोस् !

अंगुर एक बहुउपयोगी फल हो । यो खानको लागि एकदम स्वादिलो फल हो । अंगुर रसिलो र स्वास्थ्यका दृष्टिले उपयोगी फल हो ।

अंगुरबाट नै किसमिस बनाएको हुन्छ । किसमिसलाई आयुवेदीक औषधीमा पनि प्रयोग गर्न सकिन्छ ।

विकिपेडियाका अनुसार ८ हजार वर्षअघि जर्जियामा वाइन बनाउने कार्यमा अंगुर प्रयोग भएको प्रमाण फेला पर्छ । त्यसकारण यसको इतिहास पनि लामै छ।

यसको फल त्यसै पनि खान सकिन्छ भने वाइन, जाम, जुस, जेली, भिनेगर, रेजिन, बियाँका तेललगायत बनाउने काममा अंगुर प्रयोग गरिन्छ ।

सय ग्राम अंगुरमा ६९ क्यालोरी शक्ति पाइन्छ भने काबोहाइड्रेटको मात्रा १८.१ ग्राम हुन्छ । यसका अतिरिक्त यसमा सुगर, भिटामिन, प्रोटिन, क्याल्सियम, फ्लुराइडलगायतका तत्व पाइन्छन्।

अंगुरमा पाइने पोषक तत्व

इनर्जी– २८८ केजे ९६( केसिएएल), कार्बोहाइड्रेट- १९.१ ग्राम , सुगर-१५.४८ ग्राम , डाइटरी फाइबर- ०.९ ग्राम ,फ्याट-०.१६ ग्राम ,प्रोटिन- ०.७२ ग्राम

भिटामिन, बी १ं- ०.०६९ एमजी, बी २- ०.०७ एमजी, बी ३- ०.१८८ एमजी, बी ५- ०.०५ एमजी, बी ६-०.०८६, बी ९- २ एमजी ,कोलिन- ५.६ एमजी भिटामिन सी- ३.२ एमजी ,भिटामिन ई- ०.१९ एमजी ,भिटामिन के- १४.६ एमजी ,म्यागनिज- ०.०७१ एमजी ,फोस्फोरस-२० एमजी ,पोटासियम- १९१ एमजी , सोडियम- २ एमजी, जिंक- ०-०७ एमजी ,फ्लुराइड- ७-८ एमजी

 फाइदा

मिर्गौलाको समस्यामा– अंगुरले युरिक एसिडबाट अम्लीय पदार्थ हटाउन मद्दत गर्छ र शरीरको प्रणालीबाटै एसिड हटाउँछ र मिर्गौलाको कार्यक्षमता बढ्छ।

दममा – यसले फोक्सोमा आर्द्रता बढाउने भएकाले अंगुर दमको समस्या समाधान गर्न मद्दत गर्छ।

माइग्रेनमा – अंगुरको जुस माइग्रेनमा उपयोगी मानिन्छ । यसका लागि पानी नमिसाइकन बिहान सबेरै जुस पिउनुपर्छ।

मुटु रोगमा – अंगुरले रगतमा नाइट्रिक अक्साइडको मात्रा बढाउँछ, रगत जम्नबाट रोक्छ र हृदयाघातको खतरा कम हुन्छ।

अपचमा– यसले अपच र पेटको इरिटेसन हटाउन मद्दत गर्छ ।

कब्जियतमा- यसले कब्जियत घटाउन मद्दत गर्छ किनकि यसमा अर्गानिक एसिड, सुगर र सेलुलोज हुन्छन् । यसले क्रोनिक कब्जियतलाई समेत निको पार्छ।

थकानमा– सेतो अंगुरले शरीरमा आइरनको मात्रा बढाउँछ र शरीर थाक्नबाट बचाउँछ । यद्यपि डार्क खालका अंगुरले आइरनको मात्रा घटाउँछ ।

अंगुरको जुस सेवन गर्दा तत्काल ऊर्जा प्राप्त हुन्छ । यसमा भएको एन्टिअक्सिडेन्ट तत्वले रोग प्रतिरोधी प्रणालीलाई पनि मजबुत बनाउँछ।

अल्जाइमर रोगमा – अंगुरले दिमागको स्वास्थ्यलाई प्रबद्र्धन गर्छ र न्युरोडिजेनेरेटिभ डिजिज हुनबाट रोक्छ।

स्तन क्यान्सरमा– अध्ययनका अनुसार बैजनी रंगका अंगुरले स्तन क्यान्सर रोकथाम गर्न मद्दत गर्छन्।

यसका साथै अंगुरले वृद्धवृद्धामा हुने मांसपेशीसम्बन्धी समस्या, मोतिबिन्दु र रगतको कोलेस्टेरोल घटाउन मद्दत गर्छ भने क्यान्सरमा पनि उपयोगी मानिन्छ। एजेन्सी

 

प्रकाशित मिति: Aug 23, 2020

प्रतिक्रिया दिनुहोस्