Logo
१२ श्रावण २०८१, शनिबार
(August 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट बच्न १२ वर्ष माथिका बालबालिकाले मास्क लगाउनु पर्छ : WHO

डब्लुएचओको नयाँ निर्देशिका अनुसार कोरोना संक्रमणबाट जोगिनका लागि १२ वर्ष वा त्यो भन्दा माथिका बालबालिकासहितले मास्क प्रयोग गर्नु पर्ने जनाएको छ।

डब्लुएचओले पाँच वर्षसम्मका बालबालिकाले भने मास्क लगाउनु नपर्ने जनाएको छ। मास्कको प्रयोगमा आफ्ना बालबालिकालाई अभिभावकले सहयोग गर्नु पर्ने पनि डब्लुएचओले जनाएको छ।

मास्क सम्बन्धी डब्लुएचओले जारी गरेको नयाँ निर्देशिकामा कोरोना भाइरसको संक्रमणबाट जोगिन र संक्रमण फैलिन नदिनका लागि सम्बन्धित देशहरुको निर्देशिकासँग अनुकुल हुने गरी १२ वर्ष वा त्यो भन्दा माथिका बालबालिका, किशोरकिशोरीसहितले मास्क लगाउनु पर्ने उल्लेख छ।

बालबालिकाबाट भाइरसको संक्रमण कस्तो वा कुन दरमा हुन्छ भन्नेबारे सीमित मात्रै जानकारी रहेको स्वीकार गरेको डब्लुएचओले किशोरकिशोरीबाट भने वश्यकहरुबाट जस्तै संक्रमण फैलिने बताएको छ।

कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म विश्वभर ८ लाख दुई हजार सात सय भन्दा बढीको ज्यान भएको छ। संक्रमित हुनेको संख्या दुई करोड ३१ लाख २१ हजार भन्दा बढी पुगेको छ।

प्रकाशित मिति: Aug 23, 2020

प्रतिक्रिया दिनुहोस्