Logo
५ जेष्ठ २०८१, शनिबार
(August 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ पेट्रोलियम पाइपलाइन बिछ्याउने विषयमा नेपाल-भारत संयुक्त कार्यदलको तयारी

नेपाल-भारत संयुक्त कार्यदलको पछिल्लो बैठकमा पेट्रोलियम तेल तथा ग्याँस सहकार्यबारे नयाँ पाइप लाइन बिछ्याउने विषयमा छलफल भएको छ।

नेपाललाई आवश्यक अधिकांश पेट्रोल यही पाइपलाइनबाट नेपाललाई उपलब्ध भइरहेको छ। पछिल्लो बैठक केवल दोस्रो हो।

यसबाहेक अन्य कुन-कुन ठाउँमा पेट्रोलियन पाइपलाइन निर्माण गर्न सकिन्छ भन्ने विषयले पनि बैठकमा प्रवेश पाएको भारतद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।

गत अगष्ट १३ मा भएको भर्चुअल बैठकमा मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट भइरहेका काम कारबाहीप्रति दुवै देशका प्रतिनिधिले सन्तुष्ट व्यक्त गरेका थिए।

पेट्रोलियम तेल तथा ग्याँस सहकार्यबारे नेपाल-भारत संयुक्त कार्यदल सन् २०१७ मा गठन भएको थियो। यो कार्यदलको पहिलो बैठक गत जनवरीमा सम्पन्न भएको थियो।

कार्यदलमा भारतको पेट्रोलियम तथा प्राकृतिक ग्याँस मन्त्रालयका सहसचिव बी एन रेड्डी र उनका नेपाली समकक्षीले प्रेमकुमार श्रेष्ठ छन्।

प्रकाशित मिति: Aug 22, 2020

प्रतिक्रिया दिनुहोस्