Logo
५ जेष्ठ २०८१, शनिबार
(August 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अपराधीहरुको जमात बन्दै समाज : संक्रमित बसेको घर अगाडी नाराजुलुस !

देशको संघीय राजधानी काडमाण्डौमै समाजिक कुतत्वहरुको जमातले नारा जुलुस गरेका छन् । समाजिक संजालमा यतिबेला उक्त नरा जुलुसको तस्विर छ्यापछ्प्ती देखिएका छन् ।

एक जना संक्रमित होम आइसोलेशमा बसेका घर अगाडी नारा जुलुस् गरिएको हो । बानेश्वर प्रहरीका अनुसार स्थानीयहरुले उक्त सक्रमितलाई अन्यत्रै सार्नु पर्ने भन्दै नारा जुलुस् गरेका हुन् ।

सरकारले संक्रमितहरु अब आफ्नै घरमा बसेर उपचार गर्नुसकिने बताइरहेको छ । तर समाजमा भने केहि कुत्तवहरुले यस्ता घृणात्मक गतिबिधि गरिरहेका एक स्थानीयले बताए ।

बानेश्वरस्थित मिलनचोकका स्थानीयले डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मी बसेको घर घेराउ गरेका हुन् । शनिवार बिहान उनीहरुले होस्टेल सञ्चालकलाई गाली गलौजसहित स्वास्थ्यकर्मीलाई नराख्न धम्क्याएका हुन् ।

सिभिल अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी राखेका लर्ड बुद्ध बोइज एण्ड गर्ल होस्टलका सञ्चालक रोहित रानालाई उनीहरुले धक्याउँदै पचास साठी जनाको टोलीले घर घेराउ गरेको रानाले जानकारी दिए ।

बलभद्र मार्गका टोल विकास समितिका अध्यक्ष सुर्दशन गौतम र सचिव दिनेश खड्काको नेतृत्वमा आएका स्थानीयले कोरोनाकाे महामारीकाे समयमा अनुमति बिना किन स्वास्थ्यकर्मीलाई होस्टलमा राखेको भनेर उनीहरुले धम्की दिएको रानाको भनाइ छ ।

होस्टल सञ्चालक रानाको भनाइ जस्ताको जस्तैः
बानेश्वरको मिलनचोकमा दुई वटा घरमा लर्ड बुद्ध बोइज एण्ड गल्र्स होस्टल सञ्चालन गर्दै आएको छु । अहिले कोरोना संक्रमणका कारण एउटा होस्टल खाली छ । खाली होस्टलमा सिभिल अस्पतालका केही स्वास्थ्यकर्मीलाई बस्न दिनेगरी अस्पतालसँग ४ गते सहमति भएको थियो ।

म आफैँ पनि स्वास्थ्यकर्मी भएको हुनाले स्वास्थ्यकर्मीको समस्या बुझेको छु । केही दिन पहिले म आफैं पनि सर्वसाधारणको पीसीआर स्वाब संकलन गर्न खटिएको थिएँ । अस्पतालले स्वास्थ्यकर्मीलाई सुरक्षित बस्ने ठाउँ चाहियो भनेपछि मैले उपलब्ध गराएको हुँ । उहाँहरु ड्युटी सकेपछि चार पाँच जना आएर बस्न थाल्नुभएको थियो ।

टोल विकास समितिको अध्यक्ष सुर्दशन गौतम र सचिव दिनेश खड्का हुनुहुँदो रहेछ । उहाँहरुको नेतृत्वमा आएका स्थानीयहरु आएर घर घेर्दै मलाई दुर्यवहार गर्नुभयो । उहाँहरु हुलदंगा गर्ने किसिमले आउनुभयो । तलाई बाहिर निस्कन दिँदैनौँ, तेरो हातखुट्टा भाँच्छु भन्नेसम्मको चेतावनी दिए । दलाल फटाहा सम्म भने ।

झन्डै डेढ घण्टा उनीहरुले गेटमा बसेर गाली गरिरहे । सिभिल अस्पतालले यसबारेमा काठमाडौ जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिसकेको रहेछ । वडा कार्यालयबाट अनुमति नलिएको भनेर उहाँहरुले मलाई तथानाम गाली गर्दै अमानवीय व्यवहार गर्नुभयो । डाँका फटाहा, कति पैसा खाइस् भन्ने जस्ता अपशब्द पनि प्रयोग गर्नुभयो ।

यहाँ बस्ने सबै स्वस्थ रहेका स्वास्थ्यकर्मी नै हो । पछि बानेश्वर बृत्तबाट इन्सपेक्टर नेतृत्वको टोली आएपछि एकछिन गाली गर्नुभयो र जानुभयो । उहाँहरुले बुझ्न सक्नुभएन । हामीले स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्दै राखेको हो । खुला ठाउँपनि हैन घरमा ठूलो कम्पाउण्ड छ ।

स्वास्थ्यकर्मी भएपछि आफू स्वस्थ रहन उहाँहरुले आफै बुझेर पनि स्वास्थ्य मापदण्ड पालना गर्नुहुन्छ । उहाँहरुले त्यसरी अपशब्द प्रयोग गरेपछि म निकै मानसिक तनावमा रहेको छु । हामी स्वास्थ्यकर्मीमाथि यस्तै व्यवहार हुने, हामीले कहिँपनि बस्न नपाउने हो भने भोलि उहाँहरुको कसले उपचार गर्छ ? के हामी मान्छे हैनौँ र ?

 

अपराधीहरुको जमात बन्दै समाज !

यो फोटो देशको संघीय राजधानी काठमाण्डौ स्थित बानेश्वरको सिभिल अस्पतालमा काम गर्ने एक जना डाक्टर आइसोलेसन बस्ने घर बाहिरको हो । भिड जम्मा भएर उनीहरुलाइ त्यहाँबाट निकाल्नुपर्छ भन्ने जत्थाहरुको हो।

यो जत्थामा समेल मानिसहरु भोलि बिरामी भए वा संक्रमित भएमा कहाँ जान्छन् कुन्नि ?

यस्ता पतीत पसु जस्ता मानिसहरु भएको समाज हो हाम्रो।

समाजका डाकुहरु । ।

समाजिक संजाल  : वीरेन्द्र केएमको वालबाट

प्रकाशित मिति: Aug 22, 2020

प्रतिक्रिया दिनुहोस्