Logo
३ जेष्ठ २०८१, बिहीबार
(August 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कोरोना सङ्क्रमितको संख्या तीस लाख पुग्यो, एकैदिनमा ७० हजार संक्रमण

छिमेकी देश भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या झण्डै तीस लाख पुगेको छ ।

सरकारी अधिकारीहरुकाअनुसार कुल सङ्क्रमितको संख्या २९ लाख ७५ हजार ७०२ पुगेको हो । ती मध्ये ६९ हजार ८७८ जना पछिल्लो २४ घण्टामा थपिएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ ।

कुल सङ्क्रमित मध्ये छ लाख ९७ हजार ३३० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यस बाहेक २२ लाख २२ हजार ५७८ जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ९४५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् ।

योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ५५ हजार ७९४ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । ती मध्ये सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा मृत्यु भएको छ ।

महाराष्ट्रमा मात्रै कोरोनाका कारण २१ हजार ६९८ जनाको मृत्यु भएको छ भने एक लाख ६४ हजार ८७९ जना सङ्क्रमित भएका छन् ।

प्रकाशित मिति: Aug 22, 2020

प्रतिक्रिया दिनुहोस्