Logo
२१ बैशाख २०८१, शुक्रबार
(August 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोशी गाउँपालिका २ सुनसरीका वडाध्यक्षको मृत्यु

प्रदेश १ स्थित  सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर २ का वडाध्यक्ष हिरालाल यादवको मृत्यु भएको छ । घरमै बसिरहेको बेला शनिबार दिउँसो हर्टअट्याक भएपछि उपचारको क्रममा उनको मृत्यु भएको कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए ।

उपचारका लागि अस्पताल पुर्याईपनि कोरोना भाइरसका कारण अस्पतालहरुमा भेनटिलेटर अभावका कारण समयमै उपचार सम्भव नभएपछि वडाध्यक्ष यादवको मृत्यु भएको हो ।

विकासप्रेमी वडाध्यक्ष गुमाएकोमा कोशी गाउँपालीका परिवार मर्माहत भएको बताउदै कोशी गाउँपालीका अध्यक्ष अन्सारीले मृत वडाध्यक्षप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रकाशित मिति: Aug 22, 2020

प्रतिक्रिया दिनुहोस्