पशुपतिनाथ मन्दिरको बागमती किनारमै पूजाआजा ! (फोटोफिचर)
- नागरिक टाइम्स/संवाददाता
५ भाद्र २०७७, शुक्रबार ००:००
कोरोना संकट र निषेधाज्ञाका कारण मन्दिरहरु बन्द गरिएका कारण तिर्थालुहरुले शुक्रवार घरमै तीज मनाएका छन् ।
भाद्र शुक्ल तृतीयका दिन मनाइने हरितालिका तीजको अवसरमा केहि तिर्थालुहरुले काठमाडौँ स्थित पशुपतिनाथ मन्दिरको बागमती किनारमा पूजाआजा गरेका छन् ।
कोरोनाको भाइरसको सङ्क्रमणबाट बच्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारीगरिएकोले पशुपतिनाथ मन्दिर बन्द रहेको छ ।
हरितालिका तीजका दिन शुक्रवार सुनसान पशुपतिनाथ ।कोरोना भाइरसको जोखिम बढसँगै सुनसान रहेका काठमाडौँको पशुपतिनाथ मन्दिर । भाद्र शुक्ल तृतीयका दिन मनाइने हरितालिका तीजका पशुपतिनाथ मन्दिर भीडभाड हुने गरेको थियो ।हरितालिका तीजको दिन मध्यपुर थिमि न. पा. ३ स्थित गठ्ठाघरमा नाचगान गर्दै महिला ।काठमाडौँको कंलकीमा पूजाआजा गर्दै हिन्दु महिला ।काठमाडौैँमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि भाद्र शुक्ल तृतीयका दिन मनाइने हरितालिका तीजको दिन बन्द कंलकीमाईको मन्दिर ।
सूर्यविनायक नगरपालिकामा रहेको सुनुसान मंन्दिरभक्तपुर जिल्ला, सूर्यविनायक नगरपालिकामा रहेको सुनुसान केदारनाथको शीर डोलेश्वर मंन्दिर ।
तस्वीर : रोशन सापकोटा, रासस
हिन्दु नारीहरुको चाड हरितालिका तीजको अवसरमा जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडीमालिका मन्दिरमा महिलाहरु तीजको शुभारम्भ गर्दै । तस्वीर : प्रेमबहादुर रौले/मार्तडी,रासस