Logo
१२ श्रावण २०८१, शनिबार
(August 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घृणात्मक कार्य : १६ वर्षीया किशोरीलाई बेहोस बनाई ३० जनाद्वारा सामूहिक बलात्कार

इजराइलको प्रहरीले दक्षिण शहर एलाटको एक होटलमा १६ वर्षीया एक किशोरीमाथि भएको सामूहिक बलात्कारको घटनाको अनुसन्धान सुरु गरेको छ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार किशोरीमाथि ३० भन्दा बढीले यौन सम्बन्ध स्थापित गरेका थिए।तर पक्राउ परेकाहरुले आरोप स्वीकारेका छन्।

१६ वर्षीया ती किशोरीलाई नशा दिएर बेहोस बनाएपछि बलात्कार गरिएको आरोप लागेको छ। घटनामा संलग्न रहेको आरोमा अहिलेसम्म दुई व्यक्तिलाई हिरासतमा लिइएको छ तर उनीहरुले आफूमाथि लागेको बलातकारको आरोप अस्वीकार गरेका छन्।

प्रहरीले पक्राउ परेका दुई आरोपीलाई सार्वजनिक गरेको छैन। घटनामा संलग्नहरु सबै इजराइली नै रहेको र उमेर २० वर्ष आसपास रहेको बताइएको छ।

अहिले इजराइलमा यो सामूहिक बलात्कार चर्चाको विषय बनेको छ। इजराइलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले घटनाका दोषीहरुलाई कारबाही गर्ने बताएका छन्।

‘यो निकै नै अचम्मित घटना हो । यसका लागि कुनै शब्द छैनन्। यो मात्र ती किशोरीमाथिको अपराध होइन मानवताविरुद्धकै अपराध हो यसको चौतर्फी निन्दा हुनुपर्छ’, उनले ट्विट गरेका छन्।

गत शुक्रबार किशोरीले आफूमाथि भएको अपराधबारे प्रहरीमा ऊजुरी दर्ता गराएकी थिइन्।प्राप्त समाचार अनुसार यो महिनाको सुरुमा ती युवती आफ्ना साथीसँग एलात गएकी थिइन्।

त्यहाँ उनले आफ्ना साथीले चिनेका मानिसहरुलाई भेटिन्। उनीहरु सबैजना सँगै ड्रिङ्क्सका लागि बाहिर गए र पुनः होटल फर्किए।

होटलबाट फर्किएपछि सबैले पटक-पटक ती किशोरीमाथि बलात्कार गरे। युवतीका साथीले उनलाई बचाउन कोसिस गरे पनि सफल भएनन्।

टाइम्स अफ इजराइलका अनुसार प्रहरीले एक संदिग्ध र किशोरीबीच भएको मेसेजिङमा युवतीमाथि कथित ज्यादतीको भिडियो फेला परेको छ।

त्यसपछि पक्राउ परेका उनले घटनामा ३० जना भन्दा धेरैको संलग्नता रहेको बताएका हुन्। तर उनले ती किशोरीसँग कुनै प्रकारको मेसेजिङ नगरेको बताएका छन्।

आफ्नो फोनको कसैले दुरुपयोग गरेको उनले दाबी गरेका छन्।

प्रकाशित मिति: Aug 21, 2020

प्रतिक्रिया दिनुहोस्