Logo
२६ असार २०८२, बिहीबार
(August 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक प्रमोद खरेल श्रीमतीका लागि तीजको ब्रत बस्दै

गायक प्रमोद खरेलले यसअघिका वर्षसम्म श्रीमतीले आफ्ना लागि ब्रत बसेको उल्लेख गर्दै गायक खरेलले यो वर्ष भने श्रीमतीले ब्रत बस्न नसक्ने हुँदा आफूले ब्रत बस्ने निर्णय लिएको बताएका छन्।

उनले आफू तीजको ब्रत बसेको जानकारी ट्विटमार्फत दिएका छन्। ‘श्रीमतीले आजको दिन सधैँ श्रीमानको लामो आयुको लागि ब्रत बस्छन्, तर उनी बिराम भएको तीन महिना भयो, सुधार धेरै भएपनि उनी यसपाली सक्दिँनन् । यसपाली म उनको लागि किन नबस्नेरु यसपाली मैले उनको लागि ब्रत बस्दैछु ’, खरेलले भनेका छन्।

खरेल दम्पतिलाई दोस्रो सन्तानका रुपमा पुत्रीलाभका क्रममा आमा र शिशुको स्वास्थ्यमा समस्या उत्पन्न भएको थियो । खरेलकी श्रीमती दीपा अहिले स्वास्थ्यलाभ गरिरहेकी छन्।

 

प्रकाशित मिति: Aug 21, 2020

प्रतिक्रिया दिनुहोस्