Logo
१ जेष्ठ २०८१, मंगलबार
(August 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाग्मती सरकारले मोटरसाइकल धनीले पुरानो कर तिरे सबै जरिवाना छुट दिने

बाग्मती प्रदेश सरकारले ५ बर्ष भन्दा लामो समयदेखि कर तिर्न नआएका मोटरसाइकल सवारीधनीलाई जरिवाना छुटको अफर ल्याएको छ ।

प्रदेश सरकारले आर्थीक बर्ष २०७७/७८ को बजेट मार्फत् ५ बर्ष भन्दा लामो समयदेखि कर नतिरेका मोटरसाइकललाई जरिवाना छुटको व्यवस्था गरेको हो ।

सवारी कर प्रत्येक बर्ष तोकिएको अवधिमै तिर्नु पर्ने कानुनी व्यवस्था छ । त्यसरी नियमित कर नतिरे जरिवाना लाग्छ ।

अझ कर ननिरि ,नविकरण नगराए दर्तानै खारेज हुने कानुनि व्यवस्था छ । यस्तो अवस्थामा सामान्यभन्दा अत्यन्तै धरै जरिवाना र झण्झट व्यर्होनु पर्छ ।

प्रदेश सरकारले ५ बर्ष भन्दा लामो समयदेखि कर नतिरेका सवारी धनिलाई आगामी मंसिरसम्म पुरानो वक्यौता कर र्तिन चाहे सबै जरिवाना मिनाहा हुने व्यवस्था प्रदेश आर्थिक ऐन २०७७ मा गरेको हो । यो अवधिमा सवारी साधनमा लाग्ने कर मात्र तिरे पुग्ने छ ।

प्रकाशित मिति: Aug 20, 2020

प्रतिक्रिया दिनुहोस्