Logo
१ जेष्ठ २०८१, मंगलबार
(August 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यकाका सबै कर कार्यालयबाट भ्याट दर्तामा बायोमेट्रिक सुरु

आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता गर्दा बायोमेट्रिक प्रणाली सुरु गरेको छ। विभागले काठमाडौं उपत्यकाका सबै कर कार्यालयबाट बायोमेट्रिक दर्ता सुरु गरेको हो।

गत आर्थिक वर्षको बजेटबाट मूल्य अभिवृद्धि कर र स्थायी लेखा नम्बर दर्ता गर्दा बायोमेट्रिक प्रणाली सुरु गर्ने उल्लेख थियो। विभागले गत वर्ष बायोमेट्रिक दर्ताको काम अघि बढाउन सकेको थिएन।

यसपटक वर्षको सुरुबाट नै भ्याटतर्फ दर्ता सुरु गरिएको विभागका निर्देशक दुर्गादत्त भण्डारीले जानकारी दिए। ‘हामीलाई ऐनमा भ्याटतर्फको बायोमेट्रिक दर्ता गर्नु भनिएको छ, त्यसैअनुसार अघि बढेका छौँ,’ उनले भने।

विभागले चैतपछि लकडाउन हुँदा काठमाडौं बाहिर प्रणाली जडानको काम गर्न समस्या भएको पनि जनाएको छ। देशभरका कर कार्यालयमा यो प्रणाली विस्तार गर्ने तयारी भए पनि लकडाउन र कोरोना फैलिरहेका कारण उपत्यका बाहिर भने जडान गर्न नसकिएको उनले बताए।

सुरुमा नयाँ करदातालाई बायोमेट्रिक प्रणालीमा दर्ता गर्ने र पछि पुरानालाई पनि यही प्रणालीमा आवद्ध गर्दै जाने तयारी विभागको छ।

प्रकाशित मिति: Aug 20, 2020

प्रतिक्रिया दिनुहोस्