Logo
१ जेष्ठ २०८१, मंगलबार
(August 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बजारमा आज सुनको मूल्य तोलामा १६ सयले घट्यो

नेपाली बजारमा आज बिहीबार सुनको मूल्य तोलामा१६ सयले घटेको छ।

बुधबार यथावत रहेको छापावाला सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन बिहीबार तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको एक लाख चार सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य पनि बिहीबार तोलामा १६ सय रुपैयाँले घटेर ९८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुनको मूल्य तोलामा ९९ हजार नौ सय रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: Aug 20, 2020

प्रतिक्रिया दिनुहोस्