Logo
८ बैशाख २०८१, शनिबार
(August 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढी पहिरोमा परेर सुदूरपश्चिममा १० जनाको ज्यान गयो, ११ अझै बेपत्ता

अबिरल बर्षाले मंगलवार राती आएको बाढीपहिराले सुदूरपश्चिममा १० जनाको ज्यान गएको छ भने ११ जना अझै बेपत्ता रहेका छन्।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा मंगलबार रातिदेखि परेको अविरल वर्षाले ठूलो धनजनको क्षति गरेको छ। प्रदेशका अछाम, बाजुरा र बझाङमा बाढी पहिरोबाट १० जनाको गएको हो।

अछामको रामारोशन गाउँपालिका,५ कैलाश खोलाको बाढीमा परेर ६ जनाको मृत्यु भएको छ। गाउँपालिका–५ सैनिबजारबाट बेपत्ता भएका १७ जना मध्ये ६ जनाको शव फेला परेको र बाँकी १० जना बेपत्ता रहेको सुदूरपश्चिम प्रहरी प्रवक्ता (एसएसपी) मुकेश सिंहले जानकारी दिए।

अझै पनि १० जना बेपत्ता छन। बान्नीगढी जयगढ गाउँपालिका-६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा एक महिला र एक पुरुषको शव भेटिएको छ।

यस्तै एक महिला र एक पुरुष गरी दुई जनाको शव दर्नास्थित कैलाश खोलाको किनारमा भेटिएको छ भने दुई जनाको शव मंगलसेन नगरपालिका–३ स्थित दयमा भन्ने ठाउँमा भेटिएको प्रहरीले जनाएको छ।

हराइहेकाहरुको उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर अछाम पुगिसकेको प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले बताए। शव फेला परेका मध्य ३ जनाको स्नाखत भएको छ।

स्नाखत हुनेमा रामारोशन गाउपालिका ५ वस्ने १५ वर्षीय नवीन साउँद ३२ वर्षीय गौरि शाह, ४८ वर्षीय चन्द साउँद रहेका छन। घटनास्थल भन्दा २० किलोमिटर टाढा शव फेला परेको छ।

भौगोलिक बिकटता भएकाले बेपत्ता भएकाको उद्धार गर्नमा कठिनाई भएको प्रहरीले जानाएको छ। पहिरोले २२ घर बगाएको अछामका प्रहरी नायब उपरीक्षक योगश सिहं थापाले बताए।

उनका अनुसार कैलाश खोलामा आएको बाढिले २ लघुजविद्युत आयोजना र १ भुगडा स्वास्थ्य चौकीको एम्बुलेन्स र नेपाल टेलिकमको १ बुलेरो जिप ,१ झुलङ्गेपुल गाउँपालिकाको सभा हल र क्याबिन समेत बगाएको छ।

यसैगरि चौपायको समेत क्षती भएको छ। वेपत्ता हुने सवै एउटै वडाका रहेका छन्।  ४७ वर्षीय नन्दु साउँद, ४५ वर्षीय गंगा साउँद, १७ वर्षीय रुपेस साउँद, ६ वर्षीय प्राप्ती साउँद, ६० वर्षीय जोगा साउँद, ४५ वर्षीय अम्मर शाह, ४० वर्षीय पवित्रा देवी शाह, ४ वर्षीय शमिर शाह , ३५ वर्षीय सम्झना शाह, ४५ वर्षीय बसु साउँद, ४५ वर्षीय लालसरा शाही , ९ वर्षीय वसन्त शाही रहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा नेपाल प्रहरी नेपाली सेना र स्थानीय जनप्रतिनिधि र स्थानीयबासिले खोजी गरिरहेका छन्। कैलाश खोलाले बगाउँदा उक्त ठाउँ अहिले निकै डर लाग्दो भएको स्थानीय युवा पुष्प बिष्टले बताए।

‘हिजोको रमाईला बजार आज खण्डहरमा परिणत भएको छ पसल होटल केहि बाँकी छैन। बचेका घर पनि उच्च जोखिमा छन,’ उनले भने।

बझाङमा २ जनाको ज्यान गएको छ। बुगल नगरपालिका ५ मिणिकी ४० बर्षिया पिपला ताम्राकार बेलुका खाना खाएर परिवार सहित सुतेकी थिइन्। अबिरल रुपमा आईरहेको पानी मध्यरातमा ठूलो पर्न थाल्यो।

ठूलो पानीको र घर वरीपरि बगिरहेको भलको अवाज सुनिदै थियो, एकैछिन ठूलो आवाज आयो,के को आवाज हो भने आत्तिदै घर वाहिर निस्कदा माथीवाट आएको पहिरो घर नजिकै पुग्न लागेको उनले देखिन।

हतार हतारमा घरभित्र सुतेकालाई घरवाट भाग्न भनेर बोलाउँदा बोलाउँदै पहिरोले घरलाई छाप्यो।‘घरबाट भाग्न नपाउँदै पहिरोले मेरो छोरा र भतिजो बगाएर लग्यो’ गंभिर घाइते रहेकी उनले पीडा सुनाइन्।

उनी छिन छिनमा बेहोस हुन्छन होस खुलेकी छोरो सचिन र भतिज सदिपको खोजि गदै रुन थाल्छन भन्छिन,– ‘छोरो र भतिज लिने कालले मलाई लिएर उनलाई छोडि दिएको भए हुने थियो।’

मंगलबार राती मध्यरात (रातको १ बजे) बुगल नगरपालिका ५ मिणिमा घरको माथिबाट आएको पहिरोमा परी १४ वर्षीया सचिन ताम्राकार र ५ वर्षीया सुदिप ओखेडाको ज्यान गएको हो।

४० वर्षीया पिपला ताम्राकार १८ वर्षीया सुनिता ताम्राकार,१६ बर्षिया अनिता ताम्राकार र १२ बर्षिया सन्तोसि ताम्राकार गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक गणेश बमले बताए।

घाईतेको खिरातडि स्यास्थ्यकीमा प्राथमीक उपचार भए पनि थप उपचारको लागी धनगढि तर्फ लगीएको छ। ४० वर्षीया पिपला ताम्राकारको दाहिने खुट्टा र हात चल्दैन।

मिणि गाउँका १६ परिवारका घर पहिरोको उच्च जोखिमा रहेकाले कुनै पनि समयमा थप घटना हुन सक्ने डरले स्थानियले घर छोडेर गोठ तिर बसाई सरेको स्थानीय सुरेस कुबँरले जानकारी दिएका छन्।

उनले भने गाउँको माथि एक किलो मिटर जति पुरे जमिन फुटेको छ कुनै पनि समयमा पहिरो जान सक्ने निकै डर छ।

त्यसै गरि बाजुरा जिल्ला मा छुटा छुट्टै घटनामा परि २ जनाको ज्यान गएको छ।खप्तड छेडेदह गाउँपालिका वा ५ डोगडि घर भइ सोहि ठाउँको बनकाँडा भन्ने लेकमा र्खक(गोठ)मा बस्तै आएका मीन बहादुर बुढाको गोठ माथिबाट आएको पहिरोले गोठ पुरिदा ३ वर्षीया सनिका बुढाको ज्यान गएको छ।

भने ६० बर्षिया हजुरआमा नन्दा बुढा र ५ बर्षिया बिनिता बुढा घाईते भएकी छन भने बुढि नन्दा नगरपालिका ६ बैया खोलामा आएको बाढिले पानी घट्ट सहित घट्ट पिसन गएकी ७५ बर्षिया धिनु लुहार बगाएर लगेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरिक्षक टंक प्रशाद भट्टराईले जानकारी दिएका छन्।

बैतडीमा घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा ४ जना घाइते भएका छन्। सुर्नया गाउँपालिका–५ मडका बीरबहादुर मडैको घरमाथि पहिरो खस्दा एकै परिवारका चार जना घाइते भएका हुन्।

बुधबार बिहान ६ बजेतिर घरभन्दा करिब २० मिटरमाथिबाट पहिरो खस्दा बीरबहादुर मडै, उनकी श्रीमति सुन्दरी मडै र छोरी सरस्वती र पार्वती घाइते भएका रौलेश्वर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनसिंह धामीले जानकारी दिए।

घरभित्र पुरिएका चार जनालाई उद्धार गरेर उपचारका लागि डडेल्धुरा पठाइएको छ। घाइतेहरुको टाउको, छाती लगायतका शरीरमा विभिन्न ठाउँमा चोटपटक लागेको छ। पहिरोले घर पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरी सहायक निरीक्षक धामीले जानकारी दिए।

यस्तै सोही ठाउँका दिनेश मडै र रामबहादुर मडैको घर पनि पहिरोको जोखिममा परेपछि उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ। घरभित्रका सबै सामान सहित दिनेशको परिवारलाई अजुर्न मडै र रामबहादुरको परिवारलाई मीनबहादुर मडैको घरमा स्थानान्तरण गरिएको प्रहरी सहायक निरीक्षक धामीले बताए।

यस्तै सुर्नया गाउँपालिका–४ मा रहेको प्रसूति सेवा केन्द्र भवन पहिरोले पुरिएको छ। प्रसूति सेवा केन्द्रको माथिबाट खसेको पहिरोले दुई कोठे भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको अनमी रेखा चन्दले बताइन्।

पहिरोले प्रसुती सेवा केन्द्रको भवन पुरेपछि प्रसुती सेवा केन्द्र भित्र रहेका सम्पूर्ण सामग्री नष्ट भएका छन्। उपकरण, औषधि र अन्य स्वास्थ्य सामग्री नष्ट भएको अनमी चन्दले बताइन्। भवन पहिरोले पुरेपछि सो ठाउँमा प्रसूति सेवा दिन कठिनाइ उत्पन्न भएको छ।

पहिरो खस्दा बैतडीको दोगडाकेदार गाउँपालिका-२ कफलकोटमा पनि ४ घरपरिवार बिस्थापित भएका छन् भने २ घर उच्च जोखिममा छन्। स्थानीय गणेश महरा, नरबहादुर महरा, बलबहादुर महरा र काशीसिंह महराको परिवार पहिरोले विस्थापित भएका छन्।

उनीहरु आफन्तको घरमा बस्न बाध्य भएको स्थानीय मानबहादुर महराले बताए।लगातारको बर्षाले बुधबार बिहानदेखि पाटन–पञ्चेश्वर सडकखण्ड अबरुद्ध भएको छ।

उक्त सडकखण्ड अन्र्तगत पाटन नगरपालिका-६ को गोइडाखोलाले सडक बगाएपछि अबरुद्ध भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिनए। खोलालो सडक नै बगाएपछि यातायात बन्द भएको हो।

पहाडी जिल्लामा भारी बर्षा
मंगलबार साँझदेखि सुदूरपश्चिमका विभिन्न भागमा परेको वर्षाको आँकडा हेर्दा सबैभन्दा बढी पानी अत्तरिया (७७.३ मिलिमिटर) मा परेको छ। डडेल्धुरामा (३२ मिलिमिटर) र डोटीमा (६८.१६ मिलिमिटर) वर्षा भएको तथ्यांक छ।

जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान फिल्ड कार्यालय अत्तरियाका सहायक प्रमुख सिगंल चौधरीका अनुसार गएराति सुदूरपश्चिमा पहाडी जिल्लाहरुमा भारी बर्षा भएको छ।

चौधरीले मनसुन सकिन दुई साता लाग्ने भएकोले सचेत रहन आग्रह गरे। विश्वव्यापी जलवायु परिवर्तनका कारण बिस्तारै जलवर्षाको समय चक्र पनि परिवर्तन हुन थालेको छ। पहिले साउनको प्रारम्भतिर पर्ने ‘मध्य वर्षा’ अब साउनको अन्त्यबाट बल्ल सुरु भएर भदौमा हुने गरेको छ।

प्रकाशित मिति: Aug 19, 2020

प्रतिक्रिया दिनुहोस्