Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल राष्ट्र बैंकद्वारा वित्तीय संस्थालाई अत्यवश्यक सेवा नरोक्न निर्देशन

काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्‍न स्थानमा निषेधाज्ञा जारी भएको अवस्थामा स्थानीय प्रशासनको आदेशको पालन गर्दै बैंक तथा वित्तीय संस्थालाई न्यूनतम बैंकिङ सेवा सुचारु गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।

यस्तै बैंकहरूले सम्बन्धित स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि आलोपाले गरी न्यूनतम कर्मचारीबाट न्यूनतम शाखा खोलेर नगद भुक्तानी तथा जम्मा, बैंक ट्रान्सफर, चेक क्लियरिङजस्ता सेवा सुरु गर्न बैंकहरूलाई केन्द्रीय बैंकले निर्देशन दिएको  हो छ ।

राष्ट्र बैंक नियमन विभागले जारी गरेको सूचनामा बैंकहरूले विद्युतीय माध्यमबाट हुने कारोबारको सुनिश्चितता गरी आफ्ना ग्राहकलाई सकेसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न सुचित गर्नुपर्ने उल्लेख छ ।

“अत्यावश्यक आपूर्ति सुनिश्चितता गर्न ड्राफ्ट, टीटी, प्रतितपत्र, ग्यारेन्टीजस्ता कारोबार सञ्चालन हुने व्यवस्था मिलाउने, साथै बैंकहरूले एटीएम मेसिनमा पर्याप्त नगद राख्‍ने तथा त्यसको निगरानीको व्यवस्था गर्नुपर्ने छ,” राष्ट्र बैंकको सूचनामा भनिएको छ ।

खुल्ने शाखाको विवतरण तथा सम्पर्क व्यक्तिको फोन नम्बर बैंकहरूले आफ्नो वेबसाइटमा अध्यावधिक गर्नुका साथै बन्द रहने शाखाको मूल ढोकामा सर्वसाधारणले देख्‍ने गरी खुल्ने वैकल्पिक शाखाको विवरण टाँस गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

यता बैंकर्स संघले भने काठमाडौं उपत्यकामा दैनिक प्रत्येक वाणिज्य बैंकले ८ वटा मात्रै शाखा खोल्ने निर्णय गरिसकेको छ । संघले काठमाडौंमा ५ वटा ललितपुरमा २ वटा र भक्तपुरमा एउटा शाखा खोल्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: Aug 19, 2020

प्रतिक्रिया दिनुहोस्