Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय शास्त्रीय गायक पण्डित जसराजको अमेरिकामा दाहसंस्कार

शास्त्रीय संगीतका प्रखर व्यक्तित्व पण्डित जसराजको संयुक्तराज्य अमेरिकाको न्यूजर्सीस्थित हाइल्यान्ड पार्क फ्युनेरल होममा ठूलो जनसमूहको उपस्थितिबीच सोमबार दाहसंस्कार गरिएको छ ।

भारतीय शास्त्रीय गायक जसराजको न्यूजर्सीस्थित आफ्नै निवासमा मुटुमा समस्या आएर निधन भएको थियो । कोरोनाभाइरस नियन्त्रणका लागि भारतमा लकडाउन गरिएपछि उहाँ स्वदेश फर्कन पाउनु भएको थिएन ।

उहाँ विगत छ महिनादेखि न्यूजर्सीको निजी गृहमा रहँदै आउनु भएको थियो ।भारतीय शास्त्रीय संगीतका प्रखर व्यक्तित्व जसराज विगत आठ दशकदेखि संगीत सिर्जना र गायनमा सक्रिय हुनुहुन्थ्यो ।

उहाँले भारतमा पद्म विभुषण, पद्म श्री सहित अनेक उच्च पदक प्राप्त गर्नु भएको छ ।

प्रकाशित मिति: Aug 18, 2020

प्रतिक्रिया दिनुहोस्