Logo
२ जेष्ठ २०८१, बुधबार
(August 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतका गृहमन्त्री अमित शाह अस्पताल भर्ना

भारतीय गृहमन्त्री अमित शाह निरन्तर अत्यधिक थकान र जीउ दुख्ने स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्

उनी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एआईआईएमएस) अस्पतालमा भर्ना भएका हुन् ।

अस्पतालले दिएको जानकारी अनुसार पछिल्लो तीनरचारदिनदेखि उनलाई निरन्तर अत्यधिक थकान र जीउ दुख्ने समस्या देखिएको थियो ।

यसअघि कोरोना भाइरसको परीक्षणमा नेगेटिभ देखिएपछि उनी अगष्ट १८ मा डिस्चार्ज भएका थिए । कोराना भाइरसको संक्रमण देखिएसँगै उनी मेदान्त अस्पतालमा भर्ना भएका थिए ।

अहिले कोरोना भाइरस निको भइसकेपछिको उपचार ‘पोस्ट कोभिड केयर’का लागि एआईआईएमएस अस्पतालमा भर्ना भएका हुन् ।

अस्पतालले अहिले उनको अवस्था स्थिर रहेको र उनको स्वास्थ्यबारे चिन्ता गर्नुपर्ने कुनै कारण नरहेको बताएको छ ।

प्रकाशित मिति: Aug 18, 2020

प्रतिक्रिया दिनुहोस्