Logo
३१ बैशाख २०८१, सोमबार
(August 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाका महामारीको कारण होस्टल व्यवसाय संकटमा

अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको कारण होस्टल व्यवसाय संकटमा परेको छ।

हरेक वर्ष ५० हजार बढि विद्यार्थीहरुलाई सेवा दिँदै आएको नीजि क्षेत्रका होस्टल व्यवसायीहरुको कोरोनाको चपेटामा परेका हुन् ।

होस्टलमा विद्यार्थी नहुँदा र सरकारले समेत समस्या सम्बोधन नगर्दा घरभाडा तिर्न नै समस्या भएको व्यवासायीहरुको भनाई छ । कोरोना संक्रमण न्यूनीकरणका लागि जारी भएको लकडाउन पछि व्यवसाय ठप्प छन् ।

अहिले सबैभन्दा ठूलो समस्या घरभाडा तिर्नु रहेको नेपाल होस्टल एशोसिएसनका अध्यक्ष भक्ति पाठकले बताए।

‘घरभाडा नै सबैभन्दा ठूलो समस्या हो । गास र बासको पनि समस्या छ । सञ्चालक कर्मचारी सबै समस्यामा परेका छन,’ उनले भने।

देशभरी १५ सय होस्टल व्यवसाय सञ्चालनमा रहेका छन् । जसमा ८ हजार बढी कर्मचारी र १५ हजार व्यवसायीका आश्रीत परिवार छन् ।

सवा अर्ब भन्दा बढी लगानी रहेको व्यवसायमा कोरोनाका कारण ठूलो समस्या उत्पन्न भएको उनले बताए।होस्टल सञ्चालनपूर्ण ऋण लिएका १५ प्रतिशत व्यवसायीहरु रहेको उनले बताए ।

होस्टल सञ्चालन पछि विद्यार्थीहरुले समेत समयमा शूल्क नदिँदा सञ्चालन खर्च जुटाउन समेत ऋण लिने व्यवसायीहरुको संख्या ठूलो छ ।

सरकारले मौद्रीक नीतिमा अन्य क्षेत्रका व्यापार व्यवसायीहरुलाई केही राहत दिएपनि होस्टल व्यवसायीहरुका लागि कुनै कार्यक्रम नआएको गुनासो व्यवसायीहरुको छ ।

लकडाउनपछि ठप्प रहेका व्यवसायहरु लक डाउन खुकुलो भएपनि शैक्षिक गतिविधि सुरु नुहुँदा अझै सञ्चालनमा आउन सकेका छैनन् ।

कोरोनाले होस्टल व्यवसायी पलायन हुने अवस्थामा पुगेको उनले बताए। सरकारले सहुलियत दरमा ऋण उपलब्ध गराएर राहत दिए व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था हुने नभए पलायन हुदै जाने उनको भनाई छ ।

घरबेटीलाई समेत अहिले भाडा छुट दिन र बाँकी रकम किस्तामा तिर्न मिल्ने गरी व्यवस्था गर्न माग गरिएको उनले बताए।

नीति क्षेत्रका होस्टल व्यवसायीका लागि सरकारले तत्काल सुलभ व्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने व्यवसायीहरुको माग छ ।

घर बहाल सम्बन्धि स्पष्ट नीति राज्यले ल्याउन सके होस्टल व्यवासय मात्रै नभएर अन्य क्षेत्रले पनि लाभ लिन सक्ने उनले बताए।

दीर्घकालिनमा रुपमा नीजि क्षेत्रबाट सञ्चालिन होस्टलहरुलाई विद्यालय र कलेजकै होस्टलअनुसारको मान्यता र सेवा सुविधा दिनुपर्ने उनले बताए।

प्रकाशित मिति: Aug 18, 2020

प्रतिक्रिया दिनुहोस्