Logo
१२ श्रावण २०८१, शनिबार
(August 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाको विवाद समाधान गर्न गठित कार्यदल सचिवालयद्वारा अनुमोदन

नेकपाको विवाद समाधान गर्न गठित कार्यदल नेपाल कम्युनिष्ट पार्टीको सचिवालयद्वारा अनुमोदन गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यसअघि गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गरेको हो ।

बैठकपछि पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले कार्यदलले छिटोभन्दा छिटो जिम्मेवारी पूरा गर्ने बताए ।

पछिल्लो समय अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी कमिटीको बैठक नै नराखेर विवाद समाधानका लागि भन्दै कार्यदल बनाएकोमा असन्तुष्टि थियो ।

६ सदस्यीय कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने भन्दै वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गरेका थिए ।

गएको साउन ३ गतेदेखि नेकपाको सचिवालय बैठक बस्न सकेको थिएन ।

प्रकाशित मिति: Aug 17, 2020

प्रतिक्रिया दिनुहोस्