Logo
१२ श्रावण २०८१, शनिबार
(August 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरामा आज रातिदेखि एक साताका लागि निषेधाज्ञा जारी

गण्डकी प्रदेश स्थित कास्कीको पोखरा महानगरपालिकामा आज सोमबार मध्यरातदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

पछिल्ला सातामा कोरोना भाइरसका औसत १० जनामा संक्रमण देखिन थालेपछि सोमबार मध्यरातदेखि पोखरामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो ।

आइतबार मात्र यहाँ २२ संक्रमित थपिएका थिए ।सोमबार बिहान सर्वदलीय बैठकपछि एक साता निषेधाज्ञा जारी गर्ने निर्णय भएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।

पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको सोमबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो ।

मंगलबार बिहानबाट सुरु हुने निषेधाज्ञा भदौ ८ गते बेलुकासम्म कायम रहनेछ ।निषेधाज्ञाको अवधिमा खाद्यान्‍न र औषधि पसलबाहेक अरु सबै पसल बन्द रहनेछन् ।

त्यसबाहेक घरबाहिर निस्कन पाइने छैन । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक प्रशासनबाट पास नलिएका गाडी गुड्न पाउने छैनन् ।

प्रकाशित मिति: Aug 17, 2020

प्रतिक्रिया दिनुहोस्