Logo
१२ श्रावण २०८१, शनिबार
(August 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डाक्टर र नर्ससहित चितवनमा २७ जनामा कोरोना पुष्टि

बागमती प्रदेश स्थित चितवनमा  स्वास्थ्यकर्मीसहित  २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर  अस्पताल कोरोना परीक्षण प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

साथै सर्लाहीका थप एक जना बिरामीमा पनि संक्रमण पाइएको छ ।कोरोना संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् ।

भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरी गरिएको परीक्षणमा भरतपुर वडा नं. ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा चिकित्सक र नर्सहरुसमेत छन् ।यस्तै, चितवनको रत्ननगरका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्वारेन्टिनमा रहेका रत्ननगर नगरपालिका-५ र १२ का ३ पुरुष र एक महिलामा संक्रमण देखिएको छ ।त्यसैगरी, भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएका सर्लाहीकी २९ वर्षीया एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवनकै खैरहनी नगरपालिका-८ का ३९ र ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरू दुवै जना क्वारेन्टिनमा छन् ।

प्रकाशित मिति: Aug 16, 2020

प्रतिक्रिया दिनुहोस्