Logo
८ बैशाख २०८१, शनिबार
(August 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी प्रादेशिक अस्पतालको आइसीयूमा उपचाररत कोरोना संक्रमितको मृत्यु

प्रदेश ५ स्थित  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत अर्का एकजनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ।

उनको फोक्सोमा समस्या देखिएकाले आइसीयूमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए।

आज शनिबार बिहान मृत्यु भएका कपिलवस्तुका ४२ वर्षका ती बिरामी तीनदिन अघि अस्पतालमा भर्ना भएका थिए।

डा गौतमका अनुसार ती बिरामीको शुरुको रिपोर्ट नेगेटिभ आए पनि जिन एक्सपर्ट गरेर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

उनको पुन: गरिएको पीसीआर परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको छ। यसअघि पनि कपिलवस्तुका एकजनाको उपचारकै क्रममा बुटवलमा मृत्यु भएको थियो।

कपिलवस्तुमा लक्षण देखिएका संक्रमितको संख्या निरन्तर बढिरहेको छ।

प्रकाशित मिति: Aug 15, 2020

प्रतिक्रिया दिनुहोस्