Logo
२ जेष्ठ २०८१, बुधबार
(August 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हाम्रा वीर जवानहरुले के गर्न सक्छन् भन्ने कुरा विश्वले लद्दाखमा देख्यो : माेदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको नाम नलिइ उसलाई निशाना बनाएका छन्। ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा शनिबार लाल किल्लाबाट सम्बोधन गर्ने क्रममा मोदीले आफूहरुका लागि भारतको सम्प्रभूताको सम्मान सर्वोच्च रहेको बताए।

उनले भनेका छन्, ‘देशका लागि हाम्रा वीर जवानहरुले के गर्न सक्छन् भन्ने कुरा विश्वले लद्दाखमा देख्यो।’ लद्दाखमा भारत र चीनबिच पछिल्लो समय सीमालाई लिएर विवाद भइरहेको छ ।

उनले भनेका छन्, ‘हाम्रा छिमेकी भौगोलिक सीमा मिल्नेहरु मात्रै होइनन्, जोसँग मन मिल्छ उनीहरु पनि छिमेकी हुन्।’ भारत र नेपालबिच पनि सीमा विवाद छ भने पाकिस्तानसँग उसको सदियौँदेखि विवाद रहँदै आएको छ।

प्रकाशित मिति: Aug 15, 2020

प्रतिक्रिया दिनुहोस्