Logo
१२ श्रावण २०८१, शनिबार
(August 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बहुमतको सरकारले जनताको बिश्वासलाई सदुपयोग गर्न नसकि गाईजात्रा देखाएको : थापा

राप्रपाका अध्यक्ष कमल थापाले बहुमतको सरकारले जनताको बिश्वासलाई सदुपयोग गर्ननसकेको बरु उल्टो सत्ताको छिनाझप्टिका कारण “गाईजात्रा” देखाएको बताएका छन् ।

पार्टी सम्बद्ध ट्रेड युनियन महासंघ नेपाल (टुकोन) द्वारा प्रकाशित मुखपत्र “परिश्रम” त्रैमासिक बुलेटिनको आज एक सामारोहका बिच बिमोचन गर्दै अध्यक्ष थापाले मुलुकका जल्दाबल्दा समस्या समाधान गर्न सरकार पुर्ण रुपमा असफल भएको र जिम्मेवारीबाट च्युत हुँदै गएको बताएका ।

थापाले मन्त्रीका वरपर बस्ने आसेपासेहरु नै भ्रष्टाचारमा लिप्त भएको भन्दै कोरोना महामारीका बिचमा भएका भ्रष्टाचार अक्षम्य भएको बताए ।

सर्बसत्ताबाद,भ्रष्टाचार र धर्म परिबर्तन अहिलेको प्रमुख समस्या भएको भन्दै थापाले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस प्रभाबहिन देखिएको बताए ।

यस्तो बेलामा मुलुकमा भरपर्दो र इमानदार शक्तिको आबश्यकता छ , त्यो पूरा गर्न राप्रपा एकता भएको हो भन्दै थापाले एकता भाड्न ,सफल हुन नदिन चलखेल भैइराखेका छन् , त्यससलाई चिरेर राप्रपा अघि बढ्ने बताए।

राप्रपा बिदेशी शक्तिको चाकरी र इशारामा नचल्ने स्वाभिमानीहरुको राष्ट्रबादी शक्ति भएको समेत स्पष्ट पारे ।

देशका जल्दाबल्दा समस्या समाधानमा सरकारसङ्ग कुनै नीति,योजना र कार्यक्रम नभएको, सरकार निदायर बसेको तर अबस्था भयाबह भन्दै थापाले सरकारको तीखो आलोचना गरे ।

कोरोनामा महामारीमा पिल्सिएका जनता, उधोगी, ब्यबसायी र मजदुरको हितमा काम गर्न सरकार असफल भएको थापाको टिप्पणी थियो ।

मजदुरहरुको आवाजलाई बाहिर ल्याउन बुटेटिन प्रकाशित गरिएको संगठनका अध्यक्ष हिक्मतसिंह भण्डारीले बताए। पत्रीकाको सम्पादन कृष्ण खनालले गरेका छन्।

 

प्रकाशित मिति: Aug 14, 2020

प्रतिक्रिया दिनुहोस्