Logo
१२ श्रावण २०८१, शनिबार
(August 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि, २४० डिस्चार्ज

नेपालमा पछिल्लो समयमा कोरोना भाइरस बढ्दै गइरहेको अवस्थामा आज ५ सय ९४ जना कोराना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २५ हजार ५ सय ५१ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म १७ हजार ७७ जना संक्रमणमुक्त भएका छन् । आज २४० जना संक्रमणमुक्त भएको डा। गौतमले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसारशुक्रबार मात्र काठमाडौं उपत्यकामा ११९ जनामा कोरोना संक्रमण पुष्टि  भएको छ  ।

काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति: Aug 14, 2020

प्रतिक्रिया दिनुहोस्