कोरोना जोखिम भएको काठमाण्डौका यी मुख्य २५ ठाउँ सिल !
चीनको वुहान प्रान्तबाट सुरू भएको यो भाइरस अहिले संसारभर फैलिएको छ । त्यस्तै कोरोनाको त्रास नेपालमा पनि दिनप्रतिदिन बढिरहेको छ ।
लामो समयसम्म गरिएको लकडाउन खुकुलो भएपछि नेपालमा झन् कोरोना संक्रमित बढिरहेका छन् । त्यसैले कोरोना संक्रमणको जोखिम धेरै भएको स्थानमा अहिले सिल गर्दै आइरहेको छ ।
त्यसैले काठमाडौँका विभिन्न स्थान पनि सिल गरिएको छ । असन, रञ्जना गल्ली, भोटाहिटी, इन्द्रचोक, मखन टोल , भोसेको (रञ्जना गल्लीको उत्तरपट्टि), ओटो, गुँचाटोल र २७ नम्बर वडाको भोटाहिटी, न्युरोड सबै, भोटेबाहाल, लगनटोल, कुमारीगल लगायतका ठाउँमा सिल गरिएको छ।
सिल गरिएका सबै क्षेत्रमा कोरोना भाइरसको परीक्षण पनि गरिने र अत्यावश्यक कामबाहेक अन्य कसैलाई पनि आवतजावत गर्न रोक लगाइएको छ ।