Logo
१२ श्रावण २०८१, शनिबार
(August 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन

सत्तारूढ दल नेकपा भित्र अहिले आन्तरिक विवाद चर्की रहेको अवस्थामा नेकपाले पार्टीभित्रको विवाद अन्त्यका लागि ६ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा महासचिव विष्णु पौडेल, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शङ्‍कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य छन् ।

कार्यदललाई सहमतिको प्रस्ताव तयार पार्ने जिम्मा दिएको बालुवाटार स्रोतले जानकारी दियो ।

दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको बिहीबारको वार्तामा कार्यदल बनाएर विवाद समाधान गर्ने समझदारी भएको स्रोतको दाबी छ

प्रकाशित मिति: Aug 14, 2020

प्रतिक्रिया दिनुहोस्