Logo
१२ श्रावण २०८१, शनिबार
(August 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट थप एक जना ४० वर्षीय पुरुषको मृत्यु, कुल संख्याँ ९६ पुग्यो

प्रदेश नं २ स्थित सिरहामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । गएराति कोशी अञ्चल अस्पताल विराटनगरमा सिरहाको विष्णुपुर गाउँपालिका-१ गौरीपुरका ४० वर्षका पुरुषको मृत्यु भएको हो ।

ज्वरो, टाइफाइड र श्वास-प्रश्वासमा समस्या देखिएपछि अस्ति विराटनगर पुगेका पुरुषको आइसोलेशनमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

उनको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो । अहिले शव सिरहा लैजाने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसबारेमा नियमित पत्रकार सम्मेलनमा मात्रै जानकारी दिनेछ ।

प्रकाशित मिति: Aug 14, 2020

प्रतिक्रिया दिनुहोस्