Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनामनगरको चर्चित ‘बोता रेष्टुरेन्ट’ का प्रबन्धक प्रहरी नियन्त्रणमा

संघीय राजधानी काठमाडौंको अनामनगरस्थित बोता रेष्टुरेन्टका प्रबन्धकलाई बिहीवार साँझ प्रहरीले पक्राउ गरेको छ।

प्रहरी बृत्त सिंहदरबारले आफ्नो क्षेत्रमा रहेका रेस्टुरेन्टबाट ‘टेक अवे’ सेवा मात्र दिन सकिने जनाएको थियो। तर बोता रेष्टुरेन्टले ग्राहकहरुलाई भित्रै बसालेर सेवा दिइरहेको पाइएपछि पक्राउ गरेको हो।

बोताको उपत्यकामा ठूलो चेन छ। खासगरी मम पारखीहरुलाई यसले बढी लोभ्याएको छ। टपरी अथवा बोतामा मम पस्किने यो रेष्टुरेन्टका प्रबन्धक विजय प्रधान पक्राउ परेका हुन्।

रेष्टुरेन्टमा ग्राहकलाई बसाएर खुवाएका कारण नियन्त्रणमा लिइएको प्रहरी बृत्त सिंहदरबारले जनाएको छ।

राजधानीमा कोरोना संक्रमित बढ्दै भिड्भाड नहोस भनेर प्रशासनले रेष्टुरेन्ट र होटलहरुबाट प्रदान गरिने केही सेवाहरुमा रोक लगाएको छ।

प्रकाशित मिति: Aug 13, 2020

प्रतिक्रिया दिनुहोस्