Logo
१३ बैशाख २०८१, बिहीबार
(August 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सार्वजनिक सवारी साधन : चिउँडोमा मास्क लगाए यात्रा गर्दै यात्रु

सरकारले एक जिल्लाभित्र सार्वजनिक सवारी साधन चलाउन अनुमति दिएपनि कोरोना सम्बन्धि नियम पालना नभएको पाइएको छ ।

सवारी साधनमा न्यूनतम कोरोनासम्बन्धि मापदण्ड नत यात्रुहरुले पालना गरेका छन् नत चालकले नै । यात्रु तथा चालकले प्रायजसो चिउँडोमा मास्क लगाए यात्रा गर्दा सवारी साधन कतै कोरोना बम बन्दै त छैनन् भन्नेमा प्रश्न उठेको छ ।

उपत्यकामा चल्ने अधिकांश सार्वजनिक सवारीसाधनले सरकारले तोके अनुसार सामाजिक दूरी, अनिवार्य मास्क, स्यानिटाइजर लगायत सुरक्षा सावधानी अपनाएको देखिँदैन भने चालक, सहचालकले पनि मास्कको प्रयोग गरेको देखिँदैन । कोरोना भाइरसको संक्रमण बढ्दै गएको उपत्यकामा सार्वजनिक सवारीसाधन बन्द गर्नुपर्ने सरोकारवालाले बताइरहेका छन् ।

कोरोनाको संक्रमण फैलिनबाट जोगिन अपनाउनुपर्ने मापदण्ड नअपनाएको भन्दै प्रहरीले सवारीसाधनलाई कारवाही गरिरहेको छ । उपत्यकामा मात्रै सुरक्षा सावधानी नगर्ने/नगराउने दैनिक १५–१६ सय सार्वजनिक सवारीसाधनलाई महानगरीय ट्राफिक प्रहरीले कारवाही गर्दै आएको प्रवक्ता ट्राफिक प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले बताए ।

‘दैनिक १५–१६ सयको हाराहारीमा सवारीसाधनलाई कारवाही गर्दै आएका छौं,’ प्रवक्ता गौतमले लोकान्तरसँग भने । सरकारले सार्वजनिक सवारीसाधनलाई खुला गरेपछि आजसम्म सुरक्षा सावधानी नअपनाउने ९ हजार १४८ वटा सवारीसाधनलाई कारवाही गरिएको एसपी गौतमले बताए ।

प्रकाशित मिति: Aug 13, 2020

प्रतिक्रिया दिनुहोस्