Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाको विवाद समाधानको लागि ओली र प्रचण्डबिच भेटवार्ता सुरु

सत्तारुढ दल नेकपामा पछिल्लो सयमादेखि आन्तरिक विवाद सृजना भइरहेको अवस्थामा विवाद समाधानको लागि दुई अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच भेटवार्ता सुरु भएको छ ।

गएको हप्ताको मंगलबार ९साउन २० गते० प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच ९ दिनपछि बिहीबार पुनः संवाद शृङ्खला सुरु भएको हो ।

प्रधानमन्त्री ओलीलाई भेट्न दाहाल बालुवाटार पुगेका हुन् । पार्टीभित्रको आन्तरिक विवाद चर्किदा दुई अध्यक्षबीच पछिल्लो साता सम्वाद भएको थिएन् ।

साउन १३ गते ओलीले एकलौटी रुपमा स्थायी कमिटी बैठक स्थगित् गरेको भन्दै दाहाल समूह रुष्ट बनेको थियो । लगत्तै, दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल समूहले बैठक सञ्चालन गरेको थियो । ओली समूहले उक्त बैठकलाई भेलाको संज्ञा दिएको छ

प्रकाशित मिति: Aug 13, 2020

प्रतिक्रिया दिनुहोस्