Logo
७ बैशाख २०८१, शुक्रबार
(August 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना महामारीको हटस्पट पर्सामा अहिलेसम्म २२ को मृत्यु, ११४२ जना संक्रमित

नेपालमा कोरोना सक्रमित बढीरहेको अवस्थामा प्रदेश नं २ स्थित पर्सा  कोरोना महामारीको हटस्पट बनिरहेको छ सो अहिलेसम्म एक हजार १ सय ४२ जना कोरोना संक्रमित पुगेको छ ।

जिल्ला प्रशासन कार्यालयले दिएको साउन २८ गते बेलुका पाँच बजेसम्मको तथ्यांक अनुसार हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार एक सय ४२ पुगेको हो ।

जिल्लामा पुष्टि भएका संक्रमित मध्ये ८० जना स्वास्थ्यकर्मी, ५७ सुरक्षाकर्मी, चारजना पत्रकार, ८३ कैदी-थुनुवा तथा २० जना अस्पताल सफाइकर्मी समेत रहेका छन् । संक्रमित हुनेमा १५ जना भारतीय नागरिक पनि छन् ।

उनीहरु पर्सामै रहेको बेलामा कोरोना संक्रमण देखिएको हो । संक्रमित मध्ये कुल २ सय ४५ जना उपचार पशचात निको भई घर फर्केका छन् ।

कोरोना संक्रमणका कारण जिल्लामा २२ जनाको मृत्यु भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

पर्सामा निरन्तर बढिरहेको कोरोना संक्रमितहरुको संख्याका कारण बेडको अभावमा पर्साका ३ सय २५ जना कोरोना संक्रमितहरु घरमै होम आइसोलेशनमा बसेका छन् ।

हाल एक सय ६७ जना विभिन्न कोभिड अस्पतालमा उपचार गराइरहेका छन् । जसमा अस्थायी गण्डक कोभिड अस्पतालमा १० महिला र ५५ पुरूषसहित ६५ जना र वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा १९ महिला र ८३ पुरूषसहित एक सय २ जना संक्रमितहरुको उपचार भइरहेको छ ।

यसैगरी पर्सा जिल्ला भरी ५ सय भन्दा बढी आइसोलेशन बेडहरु रहेकोमा वीरगञ्जको बसपार्क स्थित रानीपोखरी होटेलको आइसोलेशनमा ३४ जना, रानीसती धर्मशालामा ४१ जना, वीरगञ्ज कारागारमा रहेको आइसोलेशन सेन्टरमा ३८ जना र जिल्लाका अन्य आइसोलेशन सेन्टरमा ९४ जना संक्रमित रहेका छन् ।

जिल्लाभरि अहिले बनाइएका क्वारेन्टिनमा कुल बेड संख्या एक हजार २ सय ४५ रहेकोमा हाल क्वारेन्टिनमा ३७ महिला र १ सय २ पुरूषसहित एक सय ३९ जना बसेका छन् । संक्रमण बढदै जाँदा जिल्लामा हालसम्म पीसीआर जाँचका लागि १४ हजार ८ सय ३४ वटा स्वाब संकलन गरिएको छ ।

बारा-पर्सा औद्योगिक कोरिडोरका अधिकांश कर्मचारी कामदारको बासस्थान वीरगंज महानगर भएको, अति आवश्यक लगायतका दैनिक ४-५ सय ढुवानीका साधानहरू नेपाल प्रवेश गर्दा चालक, सहचालक तथा लोड, अनलोडमा संलग्न हुने मजदुर संक्रमणको उच्च जोखिममा रहेका छन् ।

भारतसँग जोडिएको खुल्ला सिमानाका कारणले पर्सामा संक्रमितको संख्या बढिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भारतसितको लामो खुला सीमाको कारण अनेक प्रयासका बाबजुत लुकिछिपी हुने मानिसहरुको आवातजावत रोक्न नसकिएकाले पनि संक्रमितहरुको संख्या बढेको हो ।

 

प्रकाशित मिति: Aug 13, 2020

प्रतिक्रिया दिनुहोस्