Logo
१२ बैशाख २०८१, बुधबार
(August 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ७९९ पुग्यो, ९ जनाको मृत्यु

अहिलेको अवस्थामा नेपालमा कोरोना संक्रमित तिब्र गतिमा बढीरहेको अवस्थामा सुदूरपश्‍चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ७ सय ९९ पुगेको छ ।

अहिलेसम्मको कोरोना संक्रमितको अवस्था हेर्दाखेरी दार्चुलाबाहेक अन्य जिल्ला हालसम्म उच्च जोखिममा रहेका छन् । दार्चुलामा हालसम्म ४३ जना संक्रमित छन् ।

कोरोना संक्रमितमा सबैभन्दा बढी कैलालीका मात्रै १३ सय ४५ जना छन् ।यस्तै अछाममा ७१८, बैतडीमा ३२१, बझाङमा २८३, बाजुरामा ४५२, डडेल्धुरामा ३०४, डोटीमा ७४२ र कञ्‍चनपुरमा ५८९ जनामा संक्रमण देखिएको छ ।

हालसम्म सुदूरपश्‍चिम प्रदेशमा कोरोना संक्रमणबाट नौजनाको मृत्यु भएको छ ।हालसम्म चार हजार ५५ जना डिस्चार्ज भएका छन् ।

प्रदेशभर दुई हजार ९ सय ९८ जना अझै क्‍वारेन्टिनमै रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Aug 13, 2020

प्रतिक्रिया दिनुहोस्