Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाले एकै दिन उपत्यकामा ५ सहित देशभर ८ जनाको मृत्यु

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा देशभर ८ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोना कारण ९१ जनाको ज्यान गएको छ।

काठमाडौं उपत्यकामा मात्र ५ जनाको ज्यान गएको छ। टेकुकी ७८ वर्षीया महिलाको बुधबार बिहान किस्ट हस्पिटलमा मृत्यु भएको छ।

धनुषाको जनकपुर उपमहानगरपालिकाका ७१ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा बुधबार ज्यान गएको छ। जनकपुर उपमहानगरपालिकाकै ३८ वर्षीया महिलाको पाटन अस्पतालमा बुधबार बिहान ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसैगरि बाराको कलैया उपमहानगरपालिकाका ७५ वर्षीय पुरुषको किस्ट अस्पतालमा मृत्यु भएको छ।

मोरङको बुढिगंगा नगरपालिकाका ५५ वर्षीया महिलाको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ भने सप्तरीको डाक्रेश्वरी नगरपालिकाका ७२ वर्षीया महिला र कपिलबस्तु नगरपालिकाका ४२ वर्षीय पुरुषको पनि पछिल्लो २४ घण्टामा ज्यान गएको मन्त्रालयले जनाएको छ।

 

प्रकाशित मिति: Aug 12, 2020

प्रतिक्रिया दिनुहोस्