Logo
११ श्रावण २०८१, शुक्रबार
(August 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलेसियामा नेपाली सुरक्षा गार्ड कुट्ने रामगोपाललाई जेल सजाय

मलेसियामा नेपाली सुरक्षा गार्डलाई कुट्ने नेपालीलाई त्यहाँको अदालतले जेल सजाय सुनाएको छ। केही दिनअघि उक्त कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

क्वालालम्पुर स्थित म्याजिस्ट्रेट अदालतले उनलाई ४ महिनाको जेल सजाय सुनाएको त्यहाँको सञ्चारमाध्यमले जनाएको छ। मलेसियास्थित नेपाली दूतावासले पीडक र पीडित दुवै नेपाली नै भएको खुलासा भएको थियो।

पीडित नवलपरासीका इस्लाम हुसेन हुन भने पीडक कपिलवस्तुका रामगोपाल मुराउ रहेको दूतावासले पुष्टि गरेको हो। भिडियोमा देखिएको घटना ७ जुलाई २०२० हो।

प्रकाशित मिति: Aug 11, 2020

प्रतिक्रिया दिनुहोस्