त्रिविको उपकुलपति, राजिस्ट्रार र शिक्षाध्यक्षको कार्यालयमा नेविसंघद्वारा तोडफोड
नेविसंघले आफूहरूका मागमा त्रिवि पदाधिकारीले वार्ता नगरेको र उच्च अदालत पाटनमा नेविसंघ नेताविरूद्ध मुद्दा दर्ता गरेको विरोधमा मंगलबार त्रिविका तीन कार्यालय र उपकुलपतिको कार्यालयको गाडीमा ढुंगा हानेर तोडफोड गरेका छन् ।
विश्वविद्यालय उपकुलपति, रजिष्ट्रार शिक्षाध्यक्षको कार्यालयमा ढुंगा प्रहारबाट कार्यालयका झ्यालका सीसा फुटेको छ।
गाडीमा पनि क्षति छ। नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलविरूद्ध त्रिविले साउन १६ गते पाटन उच्च अदालतमा मुद्दा दिएको थियो।
यसअघि नेविसंघले उपकुलपति कार्यालय लगायतमा ताला लगाएको थियो। पाटन उच्च अदालतले ताला खोल्न अनुमति दिएपछि कार्यालय खुलेका थिए।
साउन २३ गते कार्यालय खुले पनि अहिलेसम्म त्रिवि पदाधिकारीले नेविसंघका मागमाथि वार्ता नगरेको आक्रोशमा तोडफोड गर्नु परेको सेतोपाटीसँग एक नेविसंघ नेताले बताए।