Logo
७ बैशाख २०८१, शुक्रबार
(August 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना बढ्दै गएपछि KU आजदेखि १५ दिनका लागि बन्द

नेपालमा पछिल्लो समयमा कोभिड -१९ को सङ्क्रमण बढ्दै गएका अवस्थामा पूर्वसावधानी अपनाउन धुलिखेलस्थित काठमाडौंँ विश्वविद्यालयले आजदेखि १५ दिनका लागि बिदा दिएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा डा सुबोध शर्माले सोमबार सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमण बढ्दै गएका कारण काठमाडौं उपत्यकालगायत काभ्रेपलाञ्चोक जिल्लाका धुलिखेल र बनेपा नगरपालिका क्षेत्रमा पनि सङ्क्रमण बढ्ने सम्भावना दृष्टिगत गरी पूर्वसावधानीस्वरुप आजदेखि काठमाडौं विश्वविद्यालय मातहतका स्कूल (अत्यावश्यक र स्कूल अफ मेडिकल साइन्सेजबाहेक) सेवा १५ दिनसम्मका लागि स्थगन गरिएको जनाएका छन् ।

विश्वविद्यालय स्थगन भए पनि अनलाइन विधिबाट हाल जारी पठनपाठन भने सञ्चालन हुने जनाइएको छ ।

प्रकाशित मिति: Aug 11, 2020

प्रतिक्रिया दिनुहोस्