Logo
१२ श्रावण २०८१, शनिबार
(August 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोंगबुको विभत्स हत्यामा पक्राउ परेकी महिलाले दिइन् ‘आफू एक्लै मारेको’ बयान

बाग्मती प्रदेश स्थित काठमाण्डौको गोंगबुको विभत्स हत्यामा पक्राउ परेकी महिला दिइन् ‘आफू एक्लै मारेको’ बयान दिएकी छिन् ।

उक्त घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी (पौडेल)ले प्रारम्भिक सोधपुछमा आफूले एक्लै हत्या गरेको बयान दिएकी हुन् ।

गोंगबुमा भएको विभत्स हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकी महिलाले घटनामा आफ्नो संलग्नता स्विकार गरेको प्रहरीले दावी गरेको छ।

कल्पनालाई सोमबार चितवनबाट पक्राउ गरिएको थियो। उनकी १५ वर्षीया छोरीलाई पनि प्रहरीले काठमाडौँ ल्याएको छ।

गोंगबुको गणेशस्थान नजिकै आइतबार बिहान टाउको र खुट्टा बिनाको शव राखिएको सुटकेश फेला परेको थियो। सुटकेशभन्दा करिब चार सय मिटर पर टाउको र खुट्टा राखिएको जेब्रा झोला बरामद भएको थियो।

मृतकको सोमबार अपरान्ह मात्र सनाखत भएको थियो। प्रहरीले त्यसपछि हत्या गरिएको ठाउँ पत्ता लगाएको थियो।

सुटकेश भेटिएको स्थानभन्दा करिब सय मिटरको दूरीमा रहेको एक घरको तेस्रो तलामा रहेको कोठामा दाङका कृष्णबहादुर बोहराको हत्या भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कोठामा रगतको दाग पनि भेटिएको छ। उक्त कोठामा कल्पना छोरा र छोरीसहित तीन जनाको परिवार बस्थ्यो।

प्रारभ्मिक अनुसन्धानमा मृतक कृष्णबहादुर बोहरा र कल्पना बीच निकट सम्बन्ध रहेको पाइएको प्रहरीले जनाएको छ।

शाही छोरीसँग बस्दै आएकी थिइन्। श्रीमानभन्दा अलग बस्दै आएको प्रहरीले जनाएको छ। कल्पना आइतबार साँझ छोरा छोरीलाई लिएर चितवन लागेकी थिइन्।

मंगलबार बिहान काठमाडौं ल्याएपछि कल्पना आफैले हत्या भएको स्थानमा पुर्‍याएको प्रहरीले जनाएको छ। शाहीले अण्डकोषमा हम्मरले प्रहार गरि हत्या गरेको र पछि शव व्यवस्थापन गर्न टाउको र खुट्टा काटिएको बताएकी छिन्।

शवलाई सुटकेश र झोलामा राखेर सडकसम्म ल्याउन कल्पनालाई छोरीले सहयोग गरेको खुलेको छ।प्रहरीका अनुसार त्यतिबेला पानी परिरहेको र छोरीले छाता ओडाउने काम गरेकी थिइन्।

कल्पनाले आफू डिप्रेसनको बिमारी भएको र बोहराले पटक-पटक यौन दुर्व्यवहार गरेकाले सहन नसकी हत्या गरेको बताएकी छिन्।

प्रहरीका अनुसार शनिबार साँझ ६ बजे बोहरा , शाहीको कोठामा पुगेका थिए। हत्यामा प्रयोग भएका हम्मर, २ वटा खुकुरी प्रहरीले बरामद गरेको छ।

 

 

प्रकाशित मिति: Aug 11, 2020

प्रतिक्रिया दिनुहोस्