Logo
१५ चैत्र २०८०, बिहीबार
(August 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शाओमी रेडमी नोट ९ प्रो म्याक्स बजारमा सार्वजनिक, जान्नुहोस् यस्ता छन् विषेशता

शाओमी ग्लोबल टेक्नोलोजी लिडरले नेपाली बजारमा रेडमी नोट सिरिज स्मार्टफोनको नवौं पुस्तामा नयाँ स्मार्टफोन थपेको छ ।

यस वर्षको सुरुवातमा सार्वजनिक भएका रेडमी नोट ९ र रेडमी नोट ९ प्रो को साथ यो यस सिरिजको तेस्रो स्मार्टफोन हो ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीका अनुसार रेडमी नोट ९ प्रो म्याक्सले आफ्नो सेग्मेन्टको हार्डवेयर र सफ्टवेयरको नवीनतलाई चुनौती दिएको छ । फोनको औरा डिजाइन, प्रो क्यामेरा र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजनलाई प्रशंना गर्ने उनको दाबी छ ।

रेडमी नोट ९ प्रो म्याक्समा औरा डिजाइन दिइएको छ । ६.६७ इन्च एफएचडी प्लस डट डिस्प्लेका साथ फोनमा इन डिस्प्ले क्यामेरा छ । यसको रियरमा चारवटा क्यामेराको सेटअप छ ।

रेडमी नोट ९ प्रो म्याक्समा जेड एक्सिस लिनियर भाइब्रेसन मोटर छ ।फोनमा क्वालकम स्न्यापड्र्यागन ७२०जी र ८ एनएम चिपसेट छ जसमा कस्टुम क्रायो आर्टिटेक्चर छ । रेडमी नोट ९ प्रो म्याक्समा ५०२० एमएएचको ब्याट्री छ भने ३३ वाट फास्ट चार्जर उपलब्ध छ ।

फोनमा क्वाड क्यामेरा सेटअपको सुविधाअन्तर्गत ६४ एमपी सामसङ आइसोसेल ब्राइट जीडब्लु १ सेन्सर, ११९ डिग्री फिल्ड अफ भ्युका साथ ८ एमपी अल्ट्रा-वाइड सेन्सर, ५एमपी म्याक्रो सेन्सर र २ एमपी डेप्थ सेन्सर छ ।

फ्रन्टमा ३२ एमपीको सेन्सर छ । प्रयोगकर्ताहरुले पहिलो पटक रेडमी स्मार्टफोनमा अँध्यारो वातावरणमा पनि सेल्फी लिन सक्ने व्यवस्था गरिएको छ ।

रेडमी नोट ९ प्रो म्याक्समा भिडियोग्राफीका लागि सुपर स्टेबलाइजेसन टुल छ भने भिडियो निर्मातालाई आकस्मिक भिडियो निर्माणलाई आवश्यकताअनुसारको राम्रो बनाउन अनुमती दिन्छ ।

शाओमीले पहिलो पटक मी पावर बैंक २ आई नेपाली बजारमा उपलब्ध गराएको छ ।

रेडमी नोट ९ प्रो म्याक्स तीन कलर भेरियन्ट-इन्टरस्टेलर ब्ल्याक, अरोरा ब्लु र ग्लेसियर ह्वाइटमा उपलब्ध छ । यसको ६ जीबी + १२८ जीबीभेरियन्टको मूल्य ३१ हजार ९ सय ९९ र  र ८ जीबी + १२८ जीबी स्टोरेज भेरियन्टको ३४ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

मी  पावर बैंक २आई दुई भेरियन्ट १० हजार एमएएच र २० हजार एमएएच  क्रमशः १८ सय ९९ र ३१ सय ९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

१०००० एमएएच मी पावर बैंक २आई र २०००० एमएएच मी पावर बैंक २आई

१०००० एमएएच मी पावर बैंक २आईमा एलिगेन्ट डबल एनोडाइज्ड एल्युमुनियक डिजाइन छ जुन हलुका वजन भएको र मात्र १४.२ एमएम स्लिम छ । ८५ प्रतिशतसम्म रुपान्तरण दर भएको यसले गुणस्तरीय स्मार्टफोनलाई धेरै पटकसम्म चार्ज गर्न सक्दछ ।

उच्च क्षमता भएको २०००० एमएएच मी पावर बैंक २आई मा  पोलीकारबोनेट केसका साथ एक्सट्रा ग्रिपका लागि पर्फोरेटेड एक्सटेरियर प्रस्तुत गर्दछ ।

दुवै १०००० एमएएच मी पावर बैंक २आई र २०००० एमएएच मी पावर बैंक २आई मा लिथियम पोलिमर ब्याट्री र डुअल यूएसबी आउटपुट डिभाइस छ जसले गर्दा एकै साथ दुईवटा उपकरण चार्ज गर्न सकिन्छ ।

यसका साथै मी पावर बैंक २आईमा वल्र्ड-क्लास सरकिट चिप प्रोटेक्सनको ९ तहहरु छन् र टेक्सास इन्स्ट्रुमेन्टद्वारा निर्मित यूएसबी स्मार्ट कन्ट्रोल चिप र चार्जिङ/डिस्चार्जिङ चिप छ । सुरक्षालाई सुनिश्चित गर्दै, यसले चार्जिङ कन्भर्जन दरलाई सुधार गर्दै डिस्चार्जिङ भोल्टेजलाई स्थिर बनाउँछ ।

शाओमीका सबै पावर बैंकहरु हरेक चरणमा कडा गुणस्तर परिक्षणको ९ तहको र ३ स्तरको प्रोसेस इन्स्पेक्सन गरिन्छ ।

 

प्रकाशित मिति: Aug 10, 2020

प्रतिक्रिया दिनुहोस्