Logo
७ बैशाख २०८१, शुक्रबार
(August 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज काठमाडौं उपत्यकामा मात्रै ९२ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो समयमा कोरोना संक्रमण तिब्रगतिमा फैलिरहेको अवस्थामा आज आइतबार काठमाडौं उपत्यकामा मात्र ९२ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना देखिएका छन् ।

योसंगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या एक हजार १ सय ३६ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ४४ जनामा र ललितपुरका १ जनामा संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १८ जनामा संक्रमण देखिएको छ भने स्टार अस्पताल सानेपाको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १३ जनामा र ललितपुरका १ जनामा संक्रमण देखिएको छ ।

यसैगरी पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ५ जनामा र वीर अस्पतालमा काठमाडौंका १ जनामा संक्रमणको पुष्टि भएको छ । यता ह्याम्स अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका ८ जनामा संक्रमण पुष्टि भएको छ भने नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंंको १ जनामा संक्रमण देखिएको छ ।

यस्तै बीरेन्द्र सैनिक अस्पतालमा गरिएको परीक्षणमा काठमााडौंका १ जनामा संक्रमण पाइएको छ । योसँगै काठमाडौंमा संक्रमितको कुल संख्या ९ सय १६ , ललितपुरमा १२९ र भक्तपुरमा ८५ संक्रमित गरी उपत्यकामा संक्रमित हुनेको संख्या कुल संख्या १ हजार १ सय ३६ पुगेको छ ।

काठमाडौं उपत्यकाका संक्रमित कुन ठाउँका हुन् भन्ने स्वास्थ्य मन्त्रालयले खुलाएको छैन ।आइतबार देशभरमा ३ सय ८० जना संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति: Aug 9, 2020

प्रतिक्रिया दिनुहोस्