Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीरगञ्जमा उपचारको आभावमा विरामीहरुको मृत्यु भएको भन्दै विरोध प्रदर्शन

प्रदेश नं २ स्थित वीरगञ्जमा उपचारको आभावमा विरामीहरुको मृत्यु भएको भन्दै वीरगञ्जका स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन् ।

वीरगञ्जका स्थानीयहरुले निषेधाज्ञालाई तोडेर नारायणी अस्पताल अगाडी चर्को नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् ।विरोध क्रममा प्रदर्शनकारीहरुले नारायणी अस्पतालमा तोडफोड समेत गरेका छन् ।

वीरगञ्जका निजि अस्पतालहरुले विरामीको उपचार नगरेको कारण मृत्यु हुँदा समेत स्थानीय प्रशासनले कुनै कारवाही गरेको प्रदर्शनकारीहरुले आरोप लगाएका छन् ।

प्रदर्शनकारीहरुले नारायणी अस्पताल भित्र रहेको एउटा गाडी र सेनीटाइजेसन बुथमा तोडफोड गरेका छन् । गाडीको पछाडी भागमा पर्ने सिसा फुटेर चक्नाचुर भएको छ ।

प्रदर्शनकारीहरुले पर्साका प्रमुख जिल्ला अधिकारी र नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट विरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।

 

प्रकाशित मिति: Aug 9, 2020

प्रतिक्रिया दिनुहोस्