Logo
१५ चैत्र २०८०, बिहीबार
(August 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय अभिनेत्री नताशा सुरीलाई कोरोना संक्रमण

भारतीय अभिनेत्री तथा मिस वर्ल्ड इन्डिया २००६ नताशा सुरीलाई कोरोना पोजेटिभ देखिएको छ ।

केही दिनअघि मात्रै एक विशेष कामका लागि पुणे जाँदा उनलाई कोरोना संक्रमण भएको हो । एक भारतीय सञ्‍चारमाध्यमसँग कुरा गर्दै उनले आफूमा कोरोना देखिएको पुष्टि गरेकी हुन् ।

उनले भनेकी छिन्, “करिब ६ दिनअघि म एक जरुरी कामका कारण पुणे गएको थिएँ । त्याँहाबाट फर्केपछि मलाई सञ्‍चो नभएपछि तीन दिनअघि मैले कोरोना परिक्षण गराएको थिएँ । मेरो रिपोर्ट पोजेटिभ आएको छ ।”

अहिले उनी होम क्‍वारेन्टिनमा छिन् । अझै पनि शरीर कमजोर भएका कारण औषधिसँगै (इम्युनिटी बुस्टर्स) पनि लिइरहेको उनले जानकारी दिएकी छिन् ।

उनका अनुसार पुणेबाट फर्किएपछि उनलाई कमजोरी र घाँटीमा समस्या देखिएको थियो ।उनले २०१६ मा रिलिज भएको मलयालम चलचित्र ‘किंग लायर’ बाट चलचित्रमा डेब्यू गरेकी हुन् । एजेन्सी

प्रकाशित मिति: Aug 9, 2020

प्रतिक्रिया दिनुहोस्