Logo
६ बैशाख २०८१, बिहीबार
(August 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारायणकाजीलाई प्रवक्ता पदको लाज जोगाउन विष्णु रिमालको आग्रह

पछिल्लो समयमा नेकपा भित्र विवाद चर्की रहेको अवस्था प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहका विष्णु रिमालले सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवक्ता पदको लाज जोगाउन ट्विटरमार्फत आग्रह गरेका छन् ।

रिमालले शुक्रबार ट्विटरमार्फत प्रवक्ता श्रेष्ठलाई पार्टी विरोधी गतिविधि गरेको आरोप लगाउँदै प्रवक्ता पदको लाज जोगाउन आग्रह गरेका हुन् ।

बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल र प्रवक्ता नारायाणकाजी श्रेष्ठले गोप्य पत्रकार भेला बोलाएपछि गुटको प्रश्रय गर्न थालेको आरोप लाग्दै आएको छ भने पार्टीको आन्तरिक द्वन्द्व गहिरिँदै गएको छ ।

उनले ट्विटरमा लेखेका छन्, ‘Enough is enough @nksthaprakash जी! कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस। ‘बिधी र पद्दती’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्!
पार्टी एकता बिरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि नहोस् !!मुलुक संवेदनशील मोडमा छ महसूस होस् ।’

प्रकाशित मिति: Aug 7, 2020

प्रतिक्रिया दिनुहोस्