Logo
१० बैशाख २०८२, बुधबार
(August 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिरहामा कोरोनाबाट २२ वर्षीय युवकको मृत्यु

नेपालमा पछिल्लो समयमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढीरहेको अवस्थामा सिरहामा थप एकजना युवको कोरोनाबाट ज्यान गएको छ ।

बिहीबार राति उपचारको क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १२ का २२ वर्षिय युवकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए।

मृतक मिर्गौलाका बिरामी थिए । उनी ३ वर्ष देखि डायलासिस गराउँदै आएकोमा बुधबार उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना सक्रमित युवकको मृत्यु भएपछि उनका परिवारका ४ जनालाई क्वारेन्टिनमा राखिएको प्रमुख जिल्ला अधिकारी कणेलले बताए ।

प्रकाशित मिति: Aug 7, 2020

प्रतिक्रिया दिनुहोस्