Logo
१२ श्रावण २०८१, शनिबार
(August 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ घण्टामा ३ सय ६० कोरोना संक्रमित थपिए

बिहीबार देशका विभिन्न ठाउँमा कोरोनाका ३ सय ६० संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका नयाँ संक्रमित भेटिएका हुन्। यीसहित हालसम्म संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा २ सय ३३ जना कोरोनामुक्त भई घर फर्किएका छन्।

प्रवक्ता गौतमले हालसम्म १५ हजार ३ सय ८९ जना कोरोनाबाट निको भएको जानकारी दिए।

विगत २४ घण्टामा ६ हजार ६ सय २२ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख १९ हजार बढीको पिसिआर परीक्षण भएको छ।

अहिलेसम्म कोरोनाले मृत्यु हुनेको संख्या ६५ पुगेको छ।

प्रकाशित मिति: Aug 6, 2020

प्रतिक्रिया दिनुहोस्