Logo
८ बैशाख २०८१, शनिबार
(August 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्यक्ष दाहालसहित परिवारका सबैको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको नोवेल कोरोना भाइरस (कोभिड-१९) परीक्षण रिर्पोट नेगेटिभ आएको छ ।

प्रचण्ड, उनका परिवारका सदस्यहरूसहित ५३ जनाको विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा परीक्षण गर्दा ६ जना सुरक्षाकर्मीमा भने संक्रमण देखिएको छ ।

६ जना सुरक्षाकर्मी बाहेक सबैको रिर्पोट नेगेटीभ आएको निजी जानकारी गराउँदै सचिवसमेत रहेकी प्रचण्डकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अध्यक्ष लगायत हामी सम्पूर्ण परिवारका सदस्यहरू, सुरक्षाकर्मीहरू र सचिवालयका सदस्यहरूले कोभिड-१९ स्वाब परीक्षण गर्दा, बाहिरी घेरामा रहनुहुने ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको छ । ६ जना बाहेक हामी सबैको रिर्पोट नेगेटिभ आएको जानकारी गराउँदछु ।’

प्रकाशित मिति: Aug 6, 2020

प्रतिक्रिया दिनुहोस्