Logo
११ बैशाख २०८१, मंगलबार
(August 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुशान्तको केसमा सिबिआइले अनुसन्धान गर्ने

भारतिय अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको पनि झन्डै २ महिना हुन लाग्यो तर बलिउड बजारमा भने अझै घटना सेलाएको छैन ।

सुशान्तको मृत्युुपक्ररणमा जोडिएका विभिन्न घटना तथा व्यक्तिसँग अनुसन्धान जारी रहेको छ । सुशान्त सिंह राजपुतको निधनको विषयमा जोडिएकी अभिनेत्री रिया चक्रवर्तीमाथि सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ ।

सुशान्तको निधनको विषयमा सीबिआइले अनुसन्धान गर्ने बिहार सरकारको आग्रह केन्द्रले सम्मान गर्दै अनुसन्धान गर्ने भएको हो ।

उहि महाराष्ट्रको सरकारले एफआइआर मुद्दा दर्ता गर्दा अनुसन्धान गर्न बिहारको क्षेत्रमा नपर्ने जनाएको थियो । हाल अभिनेता सुशान्तको निधन राजनितिक विषय बनेको छ ।

सुशान्तको पिता केके सिंहको वकिलले महाराष्ट्रका प्रहरीले प्रमाण नस्ट गरेको बताउदै आएका छन् । रियाले याचिका दायर गरेको मुम्बई प्रहरीमा मुद्दा ट्रान्सफर गर्न माग गरीरहेकी छिन् ।

गत १४ जुनमा बान्द्रामा आफ्नै फ्लैटमा झुण्डिएको अवस्थामा सुशान्तको मृत्यु भएको थियो । उनको निधनलाई आत्महत्या मानिएको छ ।

हाल प्रहरीले अनुसन्धान गरिरहेको छ । उनको निधनको वारेमा महाराष्ट्रको सरकारले सर्वोच्च अदालतमा कैविएट दायर गरेको छ ।

यसको साथै सुशान्तको पिता केके सिंहले पनि कैविएट दायर गरेका छन् । ताकी उनको पक्ष नसुन्दै रियाद्धारा हालेको मुद्दाको फैसला नसुनाइयोस् ।

रियाले ३० जुलाईमा सर्वोच्च अदालतमा ट्रान्सफर याचिका मुद्दा दायर गरेकी थिइन् ।

प्रकाशित मिति: Aug 6, 2020

प्रतिक्रिया दिनुहोस्