Logo
११ बैशाख २०८१, मंगलबार
(August 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवलपरासीमा हावाहुरीका कारण केरा खेतीमा ७० लाखभन्दा बढीको क्षति

बागमति प्रदेश स्थित नवलपरासीमा मङ्गलबार मध्यरातमा पानीसँगै आएको हावाहुरीले नवलपुरको केराखेतीमा ७० लाखभन्दा बढीको क्षति पुर्‍याएको छ ।

हावाहुरीको कारण नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोतीमा  ७० लाख भन्दा बढीको केराखेतीमा क्षति पुर्‍याएको हो ।

मङ्गलबार राति आएको हावाहुरीले यहाँको ३० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको केराखेतीमा क्षति पुर्‍याएको कावासोती नगरपालिका उपप्रमुख प्रेम शङ्कर मर्दनियाले जानकारी दिए ।

कावासोतीको वडा नम्बर २, ३ र १६ मा गरी  ७० लाखभन्दा बढीको क्षति भएको मर्दनियाको भनाई छ । आगामी दसैँका लागि लक्षित गर्दै किसानले केरा उत्पादनको तयारी गरेको तीनवटै वडामा लगाइएको खेराखेतीमा पूर्ण क्षति पुगेको उनले बताए।

हावाहुरीले केराखेतीमा पुर्‍याएको क्षतिको बारेमा स्थलगत अध्ययन गरी यकिन तथ्याङ्क लिने काम भइरहेको समेत उनले जानकारी दिए ।

नगरपालिकामा केरा किसानहरुले दिएको क्षतिको प्रारम्भिक तथ्याङ्कअनुसार ७० लाखभन्दा बढीको क्षति भएको हुनसक्ने अनुमान गरिएको उनको भनाई छ ।

हावाहुरीका कारण किसानले लगाएको केराको बोट भाँच्चिएको तथा जराबाटै पल्टिएको जनाइएको छ । यस क्षेत्रका किसानले ६०० बिघाभन्दा बढी क्षेत्रफलमा व्यावसायिकरुपमा केराखेती गर्दै आएका छन् ।

प्रकाशित मिति: Aug 6, 2020

प्रतिक्रिया दिनुहोस्