Logo
१२ श्रावण २०८१, शनिबार
(August 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरीमा मृत्यु भएका तीनमध्ये एकजनामा कोरोना पुष्टि

प्रदेश नं २ स्थित सप्तरीमा कोरोनाको लक्षण देखिएर मृत्यु भएका ३ जनामध्ये एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार एक्कासी ज्वरो आएको र सास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि धरान पठाइएकोमा मंगलबार राति बाटोमै मृत्यु भएको थियो ।

मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका सप्तरीको रुपनी गाउँपलिका–५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ को स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

कोरोनाबाट मृत्यु भएका पुरुष ४५ दिन पहिले मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका थिए।यस्तै निजी अस्पतालमा उपचार गराई रहेका अन्य दुईजनाको समेत मृत्युु भएकोमा उनीहरुमा भने कोरोना संक्रमण देखिएन।

मृतक तीनैजनाको स्वाब संकलन गरी परीक्षणका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान पठाइएको थियो ।

त्यसमध्ये एकजनाको रिपोर्ट पोजेटिभ आएको झाले बताए । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।

प्रकाशित मिति: Aug 6, 2020

प्रतिक्रिया दिनुहोस्